जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर – झापाको बुट्टाबारी–चारआली सडकखण्डमा आज भएको सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ का ६० वर्षीय विष्णुप्रसाद विक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । इलामबाट झापाको चारआली हुँदै विर्तामोड आउँदै गरेको मे१ज २४६२ नम्बरको बोलेरो जिपले बिहान साइकलयात्री विकलाई ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट गम्भीर घाइते विकको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा विकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोड प्रहरी कार्यालयले जानकारी गरायो ।

घाइते तीनै जनाको बिएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।