लुटेराको समूहद्वारा लाखौको धनमाल लुटपाट

महोत्तरी- महोत्तरीको सितापुर भंगहा नगरपालिकामा गएराति लाखौको लुटपाट भएको छ।

सितापुर भंगहा नगरपालिका–६ जमुनियाका अर्जुन भुजेलको घरमा शुक्रबार राति साढे एघार बजे तिर १०/१५ जनाको संख्यामा आएको लुटेराको समूहले लाखौको धनमाल लुटपाट गरेको हो ।

लुटेराहरुले गोली फायर गर्दै भुजेलको घरबाट ३० हजार नगद, ४१ तोला चाँदी, ७ तोला सुनका गरगहना र दुई थान मोवाइलसहित करिव १० लाख मूल्य वराबरको धनमाल लुटेको प्रहरीले जनाएको छ ।

लुटेराहरुको प्रतिकार गर्न खोज्दा उनीहरुले फायर गरेको गोलीको छर्रा लागेर र कुटपिटबाट घरका पाँच सदस्य घाइते भएका छन्।अहिले घाइतेहरु सबैको वर्दिवासस्थित शुभ स्वास्तिक अस्पतालमा भइरहेको छ।

राति करिब साढे एघारबजे तिर हात हतियार, सुतली बम, रड, खुकुरी सहित आएका लुटेराहरुले घरको ढोका खोल्न लगाई घर भित्र प्रवेश गरे लगतै अर्जुनमाथि गोली फायर गर्दै लुटपाट मच्चाउन शुरु गरेका थिए।