नेपाली कांग्रेसका सभापति देउवा बुटवलमा

बुटवल– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा आज बुटवल पुगेका छन् ।

बुद्ध सामुदायिक टेलिभिजनको ११ औं वार्षिकउत्सव कार्यक्रमको उद्घाटन गर्न देउवा सहितका कांग्रेसका नेताहरु बुटवल पुगेका हुन् ।

देउवासँगै कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, केन्द्रीय सदस्य प्रदीप पौडेल, पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्वर ५ का प्रतिनिधिसभा सदस्य भरतकुमार शाहसहितका कांग्रेस नेता यतिबेला बुटवलमा छन् ।