ओली वंशको साधारणसभा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न
काठमाडौं – बालुवाटार प्रधानमन्त्रीको सरकारी आवास हो । तर पछिल्लो समय जो प्रधानमन्त्री हुन्छन्, उनको दलको बैठकहरु बालुवाटारमा बस्छ ।
शनिबार ओली वंश अक्षय कोषको बाषिर्क साधारणसभा समेत प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सम्पन भएको छ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने दाबी गरे । ‘अहिले मैले सरकारको नेतृत्व गरिरहेको छु, जसले भ्रष्टाचार हुन दिँदैन कहिकहि लुकेर गर्यो भने देखेको दिन ठीक पारिन्छ’ उनले भने ।
कोषले प्रधानमन्त्री ओलीका साथै उनका बुबा र श्रीमतीलाई सम्मान गर्नुका साथै विभिन्न पुरस्कार पनि वितरण गरिएको छ ।
‘विहान साढे १० बजे भनिएको कार्यक्रम साढे ११ तिर सुरु भयो भने प्रधानमन्त्री आउनु अघि ओली वंशको साधारणसभा सम्पन्न गरिएको थियो ।
