धमाधम दर्ता हुँदै पत्नी पिडित उजुरी

पर्वतः नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएको एक हप्ता हुँदैछ। नयाँ ऐनमा सम्बन्धबिच्छेद गर्न लागि श्रीमान् पक्षका लागि केही खुला गरिएको प्रभाव देखिन थालेको छ।

जिल्ला अदालत पर्वतका न्यायाधीश ध्रुवबहादुर थापाका अनुसार नयाँ मुलुकी ऐन लागू भएपछि सम्बन्धबिच्छेद गर्न भन्दै भदौ ६ गते सम्ममा पाँच पुरुषले उजुरी दर्ता गराएका छन्।

‘पुरुषहरूलाई पनि सोझै अदालत जानसक्ने सुबवधा दिइएका कारण उनीहरुले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएका हुन्’, उनले भने। भदौ ६ गतेसम्म सम्बन्धबिच्छेदका सात मुद्दा परेकामा दुई महिलाका तर्फबाट दायर भएका छन्।

नयाँ मुलुकी ऐन लागू भएको पहिलो दिन भदौ १ गते नै पुरुषद्वारा सम्बन्धबिच्छेद गराई पाउँ भनी मुद्दा दर्ता भएको थियो।