पूर्णचन्द्र थापा आजदेखि कामु प्रधानसेनापतिका रुपमा कमाण्ड सम्हाल्दै

काठमाडौं- बलाधिकृत रथी पूर्णचन्द्र थापाले आजदेखि नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिका रुपमा नेपाली सेनाको कमाण्ड सम्हाल्ने भएका छन्।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा कार्यक्रमबीच विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना कमाण्ड हस्तान्तरण गर्नेछन्।

आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लागेका हुन् ।

बलाधिकृत थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए।