मुग्लिन सडक एकतर्फी रुप मा सन्चालन

चितवन – निरन्तरको अविरल वर्षापछि खसेको पहिरोको कारण अवरुद्ध नारायणगढ मुग्लिन सडक एकतर्फी रुप मा सन्चालन । सडक खण्डको जलवीरे र घुमाउनेमा खसेको पहिरो पन्छाएपछि सडक एकतर्फीमात्र सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनले बिहान ५ः५५ बजेबाट अवरुद्ध सडक एकतर्फी खुलेको जनाएको छ ।

अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीहरु आलोपालो गरेर पार गराइएको छ ।
यी दुवै ठाउँमा चार दिनयता पहिरो खस्दा सवारी आवागमन प्रभावित हुँदै आएको छ ।
त्यसैगरी, पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डअन्तर्गतको फिस्लिङमा आज बिहान ६ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ ।